भण्डारी द्धारा जन्मदिनको खर्च कटाएर बुबा गुमाएका बच्चाहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण

0
639

कात्तिक ५,२०७७ गुल्मी : गुल्मीका भण्डारीद्धारा जन्म दिनको खर्च कटाएर बुवा गुमाउका बच्चाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

धुर्कोट गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासकालागी बाख्रा उद्यम परियोजना अन्तरगत सिर्जनशिल सामुदायिक विकास केन्द्रका फोकल प्रसन नरेशकुमार भण्डारीले धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारा मिलन महिला उद्यम समुहकि सदस्य कमला बि क का एक छोरा र दुई छोरीको लागी पढाईमा आबस्यक पर्ने ड्रेस एक एक थान सुइटर एक एक थान कपि एक एक दर्जन पेन्सील एक एक दर्जन जुता मोजा एक एक थान एक कार्यक्रमका बिच प्रदान गरेका हुन्।
कमलाका श्रीमान ४५ दिन पहिला बिरामीको कारण ४२ बर्षको उमेरमा निधन पछी सो परिवारको बिचल्ली परेको र छोरीहरू वर्ष ११ वर्षकी कक्षा चारमा अध्यानरत ८ का र छोरा बर्ष ६ का वाल शिक्षामा अध्यानरत रहेका छन्।

जुन कार्यक्रम मिलन महिला उद्यम समुहकी उपाध्यक्ष सुमित्रा वि क को अध्यक्षता मा सम्पन्न भएको थियो।

SHARE