
कात्तिक ४,२०७७ गुल्मी : छत्रकोट गाउँपालिकाका वडाअध्यक्षहरुले भ्रमण भत्ताबारे केही संचारमाध्यममा आफूहरुसँग जोडिएर आएका खबरहरुप्रति आपत्ति जनाएका छन् ।
कोरोनासम्बन्धि कुनै पनि कामका लागि भ्रमणभत्ता नलिएको बरु भ्रमण आदेश स्वीकृत गराई नियमानुसार पाउने दैनिक भ्रमणभत्ता लिएको उनीहरुले स्पष्ट पारेका छन् ।
गाउँपालिकाका ६ वटै वडाका अध्यक्षहरुले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै कोरोनाको काम गरेबापत कुनै भत्ता नलिएको बताएका हुन् ।
“छत्रकोटको समग्र विकास तथा सम्पूर्ण वडाबासीहरुको सेवामा समर्पित हामी जनप्रतिनिधिलाई निरुत्साहित गर्ने अभिप्रायका साथ गलत सूचना दिएर भ्रम सिर्जना हुने काम नगर्न संचारकर्मीहरुलाई आव्हान गर्दछौँ ” विज्ञप्तिमा उल्लेख गरिएको छ ।










