गुल्मीमा बाली तथा पशुपंक्षी बीमा सम्बन्धी तालिम

0
335

रमेश विश्वकर्मा
गुल्मी कार्तिक ३ ,२०७७ गुल्मी : गुल्मीमा बाली तथा पशुपंक्षी बीमा सम्बन्धी स्थानीय स्रोत व्यक्ति विकासका लागि शुरु गरिएको अभिकर्ता तालिमको समापन गरिएको छ ।

बीमा समितिको समन्वय तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईको आयोजनामा सदरमुकाम तम्घासमा शुरु गरिएको तिन दिने अभिकर्ता तालिमको मंगलबार समापन गरिएको हो ।

बाली तथा पशुपंक्षी बीमा सम्बन्धी तालिम तम्घासमा २ चरणमा ६० जनालाई प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले जानकारी दिए ।
उनका अनुसार तालिममा जिल्लाका १२ वटै स्थानियतहबाट सहभागिता रहेको थियो ।
तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले गुल्मी जिल्ला पशुपंक्षी तथा कृषि क्षेत्रमा अगाडि रहेकाले यहाँका कृषकहरुलाई बीमासँग जोड्न आवश्यक रहेको बताए ।
उनले बाली तथा पशुपंक्षी बीमा मार्फत कृषकहरुको लगानी सुरक्षित गर्न सकिने दाबी गरे । सहभागिहरुलाई तालिमबाट सिकेका ज्ञानलाई कृषकहरु समक्ष पुर्याई उनीहरुलाई बीमासँग जोड्न आग्रह गरे ।
पशुपंक्षी बिमा सम्बन्धी कृषकहरुले नबुझेको भन्दै अभिकर्ताद्वारा कृषकहरुलाई बुझाउन सहजीकरण गर्नुपर्ने बताए । बीमा कार्यक्रमलाई सरल र सहज बनाउन आवाश्यक रहेको बताउँदै बीमा कम्पनीद्वारा पाउनुपर्ने रकम समयमै भुक्तानी गर्न सकेमा बीमा कम्पनीले सबैको मन जित्ने बताए ।
कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव डा।श्रीराम घिमिरेले यस जिल्लाका सबै पालिकामा यो कार्यक्रमलाई पुर्याउन आवश्यक रहेको बताए । यसको सहजीकरणका लागि जिल्ला समन्वय समितिलाई आग्रह गरे ।

SHARE