संघीय सरकारका मन्त्रीको दशैं भत्ता कोरोना कोषमा जम्मा गरिने

0
295

कात्तिक ३,२०७७ काठमाडौं : सरकारले दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा यस्तो निर्णय लिइएको हो। सोमबार बस्‍ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भए पनि प्रधानमन्त्रीको निर्देशनमा दशैं भत्ता कोरोना कोषमा जम्मा गर्न लागिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका गुरुङले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा उक्त निर्णय भएको बताए।

SHARE