भत्ताको रकम कोरोना कोषमा जम्मा गर्ने नेकपाको निर्णय

0
403
फाइल तस्बिर

कात्तिक ३,२०७७ काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले दशैं भत्ता वापतको रकम सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

देश गम्भीर आर्थिक संकटमा रहेका बेला सांसदहरुले भत्ता लिएको भन्दै चर्को आलोचना भएपछि नेकपाले उक्त निर्णय लिएको हो। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सांसदहरुले लिने दशैं खर्च वापदको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।

राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए।

SHARE