कालीगण्डकी करिडोर पहिरोका कारण अबरुद्ध

0
796

कात्तिक २,२०७७ गुल्मी : कालीगण्डकी करिडोर पहिरोका कारण अबरुद्ध भएको छ ।
कालीगण्डकी गाउँपालिका वडा नं ४ पुर्तिघाट र वडा नं ६ खडगकोटको बिचबाटो घुमाउनेमा माथिबाट शनिबार राती पहिरो खसेका कारण सडक अबरुद्ध भएको छ ।
पहिरोका कारण सो सडकमा नेपाली सेनाले बनाएको बेलीब्रिज र निर्माण सम्पन्न भएपनि हस्तान्तरण हुन बाँकी रहेको गँौदी खोलाको पक्की पुलमा समेत क्षती पुगेको नेपाली सेना कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख कर्नेल रेश्मीराज भट्राईले जानकारी दिए ।

पक्की पुल कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाबाट टेन्डर भई निर्माण ब्यबसायी भागबत गिरीले निर्माण गरेका हुन् । निर्माण ब्यबसायी भागवत गिरीले पहिरोका कारण पक्की पुलमा क्षती पुगेको र के कती क्षती भयो भन्ने बारेमा बिस्तृत बिबरण आउन बाँकी रहेको बताए । माथिबाट ठुलो पहिरो खसेका कारण सडक खुलाउनका लागि एक दुई दिन लाग्ने नेपाली सेनाले जनाएको छ ।
२०७३ सालमा नेपाली सेनाले निर्माण गरेको बेलीब्रिज पुर्ण रुपमा काम क्षती भएको नेपाले सेनाले जनाएको छ ।

SHARE