कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि रामपुर नगरपालिकाको कार्यालय बन्द

0
294

सुशीला रेग्मी

रामपुर (पाल्पा), २ कात्तिक :रामपुर नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय बन्द गरिने भएको छ ।

कात्तिक ३ गते देखि ६ गते सम्मका लागि नगरपालिकाको कार्यालय लगायत मातहतका वडा कार्यालयहरुबाट प्रदान गरिने सेवा तथा कार्यालय पूर्ण रुपमा बन्द गरिने भएको नगरपालिकाले सुचना निकालेर जानकारी गराएको छ ।
शनिवार नगरपालिका कार्यालयमा कार्यरत सात जना कर्मचारीमा कोरोना सङ्क्रमणको रिपोर्ट पोजेटिभ देखिएपछि सोमवार देखि कार्यालय बन्द गरिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले जानकारी दिए ।

नगरपालिका मातहतका स्वास्थ्य संस्थाहरु यथावत संचालन गरिने भएको छ । साथै नगरपालिकाबाट विभिन्न मितिमा प्रकाशित दरभाउ पत्र, बोलपत्र लगायतका खोल्नुपर्ने सूचनाहरु नगरपालिकाको कार्यालय खुल्दाका दिन सम्बन्धित सुचना, दरभाउ पत्र, बोलपत्र तोकिएको समयमा नै खोलिने नगरपालिकाले जनाएको छ ।
कोरोनाको सङ्क्रमण दर दिनप्रतिदिन बढ्दो रहेकाले सजगता अपनाउन नगर प्रमुख रमणबहादुर थापाले सबै नगरवासीमा आग्रहगरेका छन् ।

SHARE