अर्घाखाँचीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

0
308

कात्तिक २,२०७७ अर्घाखाँची : टिपरको ठक्करबाट आइतबार दिउँसो अर्घाखाँचीमा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १ जना गम्भीर घाइते भएका छन्।

पूर्व(पश्चिम राजमार्गअन्तर्गत अर्घाखाँचीको शीतगंगा ८ सातमारामा विपरीत दिशाबाट जाँदै गरेको रा१ख २०२१ नम्बरको टिपरले कालाकाटेबाट भालुवाङतर्फ जाँदै गरेका साइकल यात्रीलाई ठक्कर दिँदा दाङ जिल्ला गडवा गाउँपालिका(१ जुराउनी निवासी २७ वर्षीया जमुना कुमालको मृत्यु भएको हो। दुर्घटनामा परी घाईते भएकी जमुनाको लालमटिया स्वास्थ्य चौकी पुर्‍याउनेबित्तिकै मृत्यु भएको हो।

गम्भीर घाइते भएका मृतकका बाबु ५९ वर्षीय बुद्घीराम कुमाललाई थप उपचारका लागि बुटवल पठाइएको सातमारा प्रहरी इन्चार्ज देवबहादुर केसीले जानकारी दिए।

SHARE