मुसिकोटका महिलाहरुलाई उपहार स्वरुप बाख्रा बितरण

0
389

सुनिल न्यौपाने
कात्तिक २,२०७७ गुल्मी : मुसिकोट नगरपालिका र हेफरको सहयोगमा जन बिकास केन्द्र मार्फत उन्नत जातका बिउ बोका उपहार स्वरुप दिइएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं।४ मा जन बिकास केन्द्रको आयोजनामा मुसिकोट नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा १२ वटा उन्नत जातका बीउ बोका एक कार्यक्रमका बीच वितरण गरिएको छ।
पशु पालन क्षेत्रमा बिकास गर्ने र महिलाहरूको आय आर्जन बढाउने उद्देशका साथ संचालनमा ल्याइएको कार्यक्रम मुसिकोट नगरपालिकामा वडा नं १,२,३,४ मा तीव्रताका साथ संचालन भैरहेको र उक्त कार्यक्रम २७०० घर धुरीमा पुग्दै छ।

वितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले ले यो कार्यक्रमले आम नागरिकको आय आर्जनमा वृद्धि गर्ने बताउनुका साथै मेयर सापकोटाले अहिले नगरपालिकाले किसानहरुलाइ विशेष प्राथमिकतामा राखेको र यो बर्ष कृषि तथा पशुपालन गर्ने कृषकलाई २० करोड लोन प्रवाह गर्ने गरि तयार रहेको दाबी गरे।
मोटरबाटो खनेर एक दुइ वटा भवन बनाएर मात्र बिकास भएको भन्ने हैन जनताको जब आय आर्जनमा वृद्धि हुन्छ तब मात्र बिकास भएको बुज्न मेयर सापकोटाले आग्रह गर्नु भयो उक्त कार्यक्रम उत्साहका साथ अगाडि बढिरहेको महिला दिदिबहिनीमा एउटा छुट्टै हौसला प्राप्त भएको परियोजना संयोजक बाबुराम पन्थीले बताए ।

SHARE