कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

0
51

कात्तिक २,२०७७ कपिलबस्तु : कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको बाणगंगा नगरपालिका नीजि स्तरबाट स्वाब जाँच गराएकामध्ये ३ जना पुरुष र १ जना महिलामा कोरोना देखिएको हो । २ जना वित्तिय क्षेत्रमा काम गर्ने कर्मचारी पनि परेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । वडा नम्बर २ का ३७ र ३४ बर्षिय पुरुष रहेको पौडेलले बताए ।
अन्य २ जनामा वडा नम्बर ७ का ३४ बर्षका पुरुष र वडा नम्बर ४ की ५० बर्षकी महिला रहेका छन् ।

SHARE