गुल्मीमा टयाक्टर दुर्घटना एक जनाको मृत्यु

0
379

कार्तिक १,२०७७ गुल्मी : गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मदाने गाउँपालिका वडा नं ७ टिमुरखर्क देखि गिटी लोड गरी भननभने जाँदै गरेको लु ३ त ६८९६ नं को टयाक्टर अनियन्त्रीत भई पल्टिएको हो ।
गम्भीर घाइते भएका भनभनेका ४५ बर्षका नेत्रबहादुर घर्तिकोे उपचारका लागि तम्घास अस्पतालमा ल्याउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
सोही दुर्घटनामा भनभनेकै ९ बर्षका आयुष घर्ति घाइते भएको र उनकोे तम्घास अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
टयाक्टर चालक मदाने गाउँपालिका ७ बडाचौरका ४० बर्षका लोकनाथ पन्थी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

SHARE