निमोनियाबाट ग्रसित मुसिकोटका बलबहादुरद्धारा सहयोगको लागि अपिल

0
250

सागर भण्डारी,
असोज ३०,२०७७ गुल्मी : निमोनिया रोगबाट ग्रसित मुसिकोटका बलबहादुर विकले सहयोगको याचना गरेका छन् । मुसिकोट ५ अमलाबोट निवासी बिक बिगत २ महिना देखि निमोनिया रोग लागेपछि विस्तारामा थलिएका छन् ।

गाउँकै एक स्वास्थ्य संस्थामा चेकजाँच गराउँदा उपचारका लागि बाहिर जानुपर्ने भनेपछि आफुसगं पैसा नहुँदा आर्थिक अभावमा विस्तारामै थलिन परेको विकले दुखेसो गरे । दैनिक ज्याला मजदुरी गरेर परिवारको जिविकोपार्जन गर्दै आईरहेका उनले कसैले आर्थिक सहयोग गरे आफुले उपचार पाउने बताए ।

ज्याला मजदुरी गरेको पैसाले ५ सन्तानको लालनपोषण गर्दै आएका उनी नै विस्तारामा थलिएपछि अहिले परिवारको समेत बिजोग भएको छ । दिनभरी मेहनत गरेर ल्याएको पैसाले बिहान बेलुका खान्थ्यौँ बल बहादुरकी श्रीमतीले भनिन् अहिले उहाँनै २ महिनादेखि विस्तारामा थलिनुभएको छ,उपचारको कुरा त परै बिहान बेलुका के खाने भन्ने चिन्ता थपिएको छ ।

उनले कहीँकतैबाट सहयोग आएको आफ्नो परिवारको उपकार हुने बताईन् । ५ जनाको परिवारमा अहिले घरको अभिभावक नै विस्तारामा थलिएपछि खानलाउन पनि समस्या परेको उनले बताईन् । डाक्टरले बुटबल या पाल्पा जान भनेका छन् ।

दिउँसो मजदुरी गरेर छोराछोरी पाल्दै आएको मैले कहाँबाट पैसा जम्मा गरेर उपचार गराउन जानु बिकले रुँदै भने । कसैले आफु माथि दया गरे परिवार र लालाबालाको विचल्ली नहुने उनले बताए ।
उनको सहगोगका लागि सोही ठाउँका पत्रकार महेन्द्र कौशलले सहयोग अभियान चलाएका छन् । सहयोगका लागि महेन्द्र कौशलको सम्पर्क नं ९८४५९४२३४६ र ओम सेन्चुरीलाई सम्पर्क गर्न पनि परिवारले आग्रह गरेकोे छ

SHARE