असोज २९,२०७७ गुल्मी : रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले नगरभित्र बदमासी गर्ने कसैलाई पनि नछाड्ने दाबी गरेका छन् ।
रेसुंगा नगरपालिका भित्र संचालन हुने मझेङ खानेपानी योजनाको सम्झौता कार्यक्रममा बोल्दै बदमासी गर्ने , समयमा काम नसक्ने बिभिन्न बाहाना बनाउने निर्माण ब्याबसायीहरुलाई नछाड्ने चेतावनी दिएका छन् ।
उनले पछिल्लो समयमा निर्माण ब्यबसायीहरुले बिभिन्न बाहाना बनाउने र तोकीएको समय अबधिमा कार्य सम्पन्न नगर्ने , बिभिन्न बाहानाहरु बनाउने गरेको र गुणस्तर युक्त कामहरु नगर्ने, ठग्ने प्रबृत्ति रहेकाले यसलाई निरुत्साहीत गर्नुपर्नेमा जोड दिए ।
संघिय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना अर्घाखाँची , उपभोक्ता समिति र निर्माण ब्यबसायी कनकाई , जयमाता जेभी कोटेश्वर बिच त्रीपक्षीय सम्झौता भएको हो । २५ करोण १२ लाखमा आगामी २ बर्षमा योजना सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । सो खानेपानी योजनाले रेसुंगा नगरपालिकाका ६ हजार घरधुरीले स्वच्छ खानेपानी खान सक्ने छन् ।
योजना सम्झौता कार्याक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष बिरबहादुर कार्की , नेपाली काग्रेसका जिल्ला सभापति भूवनप्रसाद श्रेष्ठले राजनीतिक तवरबाट योजना सम्पन्न गर्नका लागि भरपुर सहयोग गर्ने बताए ।
यस्तै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमारश शर्माले स्थानीय प्रशासन सधै जिल्लामा शान्ती सुरक्षा कायम गर्न र बिकासका निम्ती सधै सहयोगी रहने बताए ।