गुल्मीमा नियमित पूजापाठहरु बाहेक मेला , महोत्सव र जात्राहरु गर्न रोक

0
1100
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

असोज २९,२०७७ गुल्मी : गुल्मीका मठ मन्दिरमा बडा दशैमा हुने नियमित पूजापाठहरु बाहेक अन्य कार्यहरु गर्नका लागि रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले कोरोना भाइरसका कारण नियमित रुपमा हुने पुजापाठहरु बाहेक अन्य मेला महोत्सव र भिडभाड गर्नका लागि रोक लगाएको हो ।
बिजयादशमीको अबसरमा परम्परादेखि हुँदै आएका नियमित पूजापाठ बाहेक धार्मिक मेलाहरु , जात्रा , सरायँ नाच लगायतका भिडभाड हुने कार्यहरुका लागि रोक लगाइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।


यदि कसैले अबज्ञ गरे संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने शर्माले दाबी गरे ।
यस्तै जिल्ला प्रशासन कार्यालय गुल्मीले दशै तिहार लगायतका चाडपर्वहरु सकेसम्म घरमै बसेर मनाउन आग्रह गरेको छ ।

यदि अत्यवश्यक कामका लागि घरबाहिर निस्कन परे अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न समेत आग्रह गरेको छ ।

SHARE