गुल्मीमा छ सय सवारी साधन कारवाहीमा

0
580

असोज २८,२०७७ गुल्मी : गुल्मीमा ट्राफिक नियम पालना नगर्ने , सवारी सिट संख्या भन्दा बढी राख्ने र भाडादर बढी लिने ६ सय सवारी कारवाहीमा परेका छन् ।
असोज १ गते देखि हालसम्म ६ सय सवारीलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीले जनाएको छ । जसमध्ये ट्रक ३४, बस ३२ , जीप २८९ ,ट्याक्टर ४८, मोटरसाइकल १९४ अटोरिक्सा ३ वटा गरी कुल ६ सय सवारीहरुलाई कारवाही गरिएको हो ।
उनीहरुबाट ४ लाख २२ बजार रुपैयाँ जरिवाना उठेको कार्यालयले जनाएको । नियम अटेर गर्ने र सवारी सिट भन्दा बढी यात्रु राख्ने सवारी साधनहरुलाई कारवाही गरेरै छाडने जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

 

SHARE