गुल्मीमै ७४० जनाको कोरोना परीक्षण

0
347

असोज २७,२०७७ गुल्मी :  गुल्मीमै ७४० जनाको कोरोना परीक्षण गरिएको छ ।
तम्घासमा रहेको कोरोना परीक्षण प्रयोगशालाबाट असोज ७ गतेदेखि हालसम्म ७४० जनाको कोरोना परीक्षण गरिएको प्रयोगशालाका ल्याव टेक्निसियन केपी भण्डारीले जानकारी दिए ।
जस मध्ये ११३ जनाको कारोना रिपोर्ट पोजेटिभ आएको छ । जसमा ७९ जना पुरुष र ३४ जना महिला रहेका छन् ।
पहिले प्रादेशिक प्रयोगशाला रुपन्देहीमा स्वाब संकलन गरि परीक्षणकालागि पठाउनु पर्ने र हप्ता दिन देखि १५ दिन सम्म रिपोर्टको पर्खाइमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको रेसुङगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।


अहिले गुल्मी जिल्लाका १२ वटै स्थानीय तहहरुलाई कोरोना परीक्षणका लागि रुपन्देही जानुपर्ने बाध्यता अन्त्य भएको र छिमिकी जिल्ला अर्घाखाँचीका १० जनाको पनि परीक्षण तम्घास बाटै गरिएको हो ।
असोज १ गते नेपाल सरकारका परराष्ट्रमन्त्री एवं सरकारका प्रबक्ता प्रदीपकुमार ज्ञवालीले कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन गरेका थिए

प्रयोगशालाको उद्घाटन गर्नुहुँदै :मन्त्री ज्ञवाली

गुल्मीमा हालसम्म ५८० जना संक्रमितहरु मध्ये ५१४ जना संक्रमितहरु उपचार पछि निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । संक्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भइसकेको छ ।

SHARE