प्रदेश ५ का २ पालिका प्रमुख एकसाथ कोरोना संक्रमित

0
370

असोज २७,२०७७ : प्रदेश ५ का २ पालिका प्रमुख एकसाथ कोरोना संक्रमित भएको विवरण सार्वजनिक भएको छ ।

जनवलपरासी बर्दघाट सुस्तापश्चिम को बर्दघाट नगरपालिकाका प्रमुख र दाङको ववई गाउपालिका प्रमुख संक्रमित हुनु भएको हो । वर्दघाट नगरपालिका प्रमुख धीरज शर्मा बस्याललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेशनल पथल्याब बुटवलमा सोमबार गरिएको पिसीआर परीक्षणको क्रममा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो।रुघाखोकी र ज्वरो आएपछि केही दिनदेखि आराम गरिरहेका नगरप्रमुख बस्यालले सोमबार स्वाब परीक्षण गर्दा आफू सङ्क्रमित भएको पुष्टि गरे । उनी अहिले होम आइसोलेसनमा बसेको भन्दै आफूसँग सम्पर्कमा रहेकालाई सतर्क र सजग रहन आग्रह गर्दै प्रमुख बस्यालले छिट्टै कोरोना जितेर नागरिकको सेवामा फर्किने बताए।

यस्तै तुलसीपुर– दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ।

SHARE