जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि बबई गाउँपालिका बन्द

0
697

असोज २७, २०७७

दाङ :  बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलसहित पाँचजना जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण भएपछि गाउँपालिका कार्यालय पाँच दिन बन्द भएको छ।

असोज २३ मा गाउँपालिकाका केही जनप्रतिनिधि तथा कर्मचारीको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाएकोमा सोमबार कोरोना पुष्टि भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनलाल दाहालले जानकारी दिए।

त्यसैगरी अध्यक्षसहित अन्य कर्मचारीमा कोरोना पुष्टि भएपछि मंगलबारदेखि पाँच दिन गाउँपालिका कार्यालय, सातवटै वडा कार्यालय, स्वास्थ्य चौकी तथा मातहतका सबै कार्यालयबाट हुने सेवा बन्द गरिएको छ।

SHARE