
रामकृष्ण कंडेल


असोज २६,२०७७ गुल्मी : गुल्मीदरबार गाउँपालिकाले बजार अनुगमनको कार्यलाई तिब्रता दिएको छ ।
बजार अनुगमनको क्रममा शहरी र ग्रामीण क्षेत्रका २२१ पसलहरुमा अनुगमन गरेको गाउँपालिकाले जनाएको छ ।
अनुगमनको क्रममा म्याद गुज्रेका खाध्य पदार्थ सुजी¸ पुरन दाना¸ भुजा¸चिउरा¸ आटा,¸ मसलाजन्य पदार्थहरुमा मिट मसला¸ सब्जी मसला¸ चाट मसला¸ बेसार¸ खुर्सानी पाउडर¸ पेय पदार्थमा फ्रुटी¸ कोक¸ फेन्टा¸ स्प्राइट ¸ कस्मेटिक सामग्रीमा क्रिम¸ फेसियल क्रिम¸ मेहन्दी¸ बोडी परफ्यूम¸ पाउडर¸ म्याद गुर्जेका पेन्टहरु¸ टुथ पेस्टहरू,विद्यालयको १०० मिटर भित्रका पसलहरुबाट सूर्तिजन्य पदार्थ¸चुरोट लगायतका सामग्रीहरु ५९ वटा पसलहरुबाट जफत गरी जरीवाना रकम असुल गरिएको थियो ।

प्रथम पटकको लागि रु। ५००।( जरिवाना रकम लिईएकोमा आगामी दिनमा समेत यस्तै प्रकृति दोहोरिएमा रु ६०००।( सम्म जरीवाना लिने कार्यविधि जारी गरीएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।
पालिकामा व्यवसाय दर्ता नगरी संचालन गरेका व्यवसायहरु तथा नविकरण नगरेका पसलहरुलाई ७ दिन भित्र व्यवसाय दर्ता तथा नविकरणको लागि लागि पत्र काटिएको छ । बजार अनुगमन पश्चात मिति २०७७।०६।२६ गते सम्म पालिकामा ११० पसलहरु दर्ता नविकरणको लागि आएको र दैनिक ३०र४० वटा पसलहरु दर्ता तथा नविकरण भैरहेका छन् ।
नागरिकहरुले स्वस्थ र गुणस्तरयुक्त सामग्रीहरु उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न बजार अनुगमन गरिएको र यसलाई २र३ महिनामा निरन्तर बजार अनुगमन गरिने व्यवस्था मिलाईएको छ ।
गाउँपालिकामा दर्ता नगरेका सम्पूर्ण व्यवसायीहरुलाई आश्विन महिना सम्म दर्ता गर्न अनुरोध गरिएको हुँदा अनिवार्य व्यवसाय दर्ता गर्नु हुन समेत अपिल गरिएको छ ।
बजार अनुगमनमा गाउँपालिकाका उपाध्यक्ष मिना भण्डारी¸ प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको प्रतक्ष्य सुपरीवेक्षणमा¸ स्वास्थ्य अधिकृत नारायणप्रसाद अर्याल¸ अधिकृत छैठौ टंकप्रसाद पन्थी¸ अधिकृत छैठौ नवराज घिमिरे¸ अधिकृत छैठौ उजेलीदेवी पोखरेल¸ अधिकृत छैठौ लेखा भविष्य अर्याल¸ अधिकृत छैठौ शिक्षा सुन्दर चालिसे¸ इन्जिनियर राजु अर्याल¸ सूचना प्रविधि अधिकृत सुरेश खनाल¸ रोजगार संयोजक निर्मला पाण्डे¸ लेखापाल तेजेन्द्र थापा¸ नासु भिमसेन थापा¸ स।ई। विक्रम बस्नेत¸ प्रा।स। दिपक पोख्रेल, आलेप सहायक टेकराज गिरी, क।अ। टुकबहादुर राना¸ जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रतिनिधि ईश्वरी भण्डारी, ना।प्रा।स। लिल बहादुर घर्ती, सु।स। प्रकाश थापा¸ प्रा।स। रमेश खड्का¸ सुरक्षाकर्मी¸ पत्रकार एवं गाउपालिकाका प्रेस सल्लाहकार नविन कार्की, बाणिज्य संघ प्रतिनिधि मिनबहादुर थापा, उपभोक्ताको तर्फबाट लक्ष्मण अर्याल, हसचा गोविन्द थापा¸ का।स। मित्रलाल ज्ञवाली¸ चोलाकान्त पौडेल¸ टोपलाल ज्ञवाली लगायतका कर्मचारीहरुको विभिन्न समूह निर्माण गरी बजार अनुगमनमा खटाईएको थियो ।
बजार अनुगमनमा ५९ वटा पसलहरुलाई कारवाही गर्दा २९हजार ५०० रुपैयाँ राजश्व संकलन भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले असोज १९ गतेदेखि २६ गतेसम्म बजार हनुगमन गरेको हो ।
पालिकाका बाँकी रहेका बजार क्षेत्र र ग्रामीण क्षेत्रका पसलहरूको अनुगमन निरन्तर गर्ने कार्यक्रम रहेको छ ।