जिल्ला प्रशासन कार्यालय दाङ बन्द

0
1592

असोज २५, २०७७ दाङ : जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पाँच दिनसम्मका लागि कार्यालय बन्द गरिएको छ।

कोरोना संक्रमित कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीहरूको स्वास्थ्य परीक्षणका लागि स्वाब संकलन गरी पठाइएकाले असोज २५ गतेदेखि ३० गतेसम्मलाई कार्यालय बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत जानकारी दिएको छ।

SHARE