गुल्मीदरवारमा कस्तो छ आमा कार्यक्रम उद्घाटन सङै बर्थिङ सेन्टर को स्थापना

0
1315

रामकृष्ण कडेल
असोज २५ ,२०७७गुल्मी : गुल्मिदरबार गाउपालिकाले गाउपालिका अन्तरगतका स्वास्थ्य चौकीहरुमा बर्थिङ्ग सेन्टर स्थापनामा तिब्रता दिएको छ ।
विश्व मानसिक स्वास्थ्य दिवस र कस्तो छ आमा कार्यक्रमको उद्घाटनको अबसर पारि विरबास स्वास्थ्य चौकीमा २४सै घण्टे बर्थिङ सेन्टर शुभारम्भ गरिएको छ ।

पालिका अन्तरगतको वडा न ४ विरबासमा रहेको विरबास स्वास्थ्य चौकिमा वडाध्यक्ष खुमबहादुर पल्लिको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवम् गाउपालिकाका अध्यक्ष अशोककुमार थापाले बर्थिङ सेन्टर र कस्तो छ आमा कार्यक्रमको समुद्दघाटन गरेका हुन ।
कार्यक्रममा उद्द्घाटन मन्तब्य राख्दै गाउपालिका अध्यक्ष अशोक कुमार थापाले कस्तो छ आमा कार्यक्रम र बिस्तार गरिएका बर्थिङ्ग सेन्टर निरन्तर सन्चालनको आबस्यक औषधि तथा उपकरणको कमि हुन नदिइने बताउदै गाउपालिकाले नागरिकहरुको स्वास्थ्य सेबा लाइ प्राथमिकतामा राखि सेवा बिस्तार लगायतका कार्यक्रमहरु अगाडि बढाउने बताए ।
त्यस्तै बिरबास स्वास्थ्य चौकीको भवन पुरानो र सागुरो भएको आफुलाइ अगवत रहेकोले हाललाइ ट्रस द्वारा फास्ट्ट्र्याक मा भवन निर्माण गरि सेवा सन्चाल गरिने र नेपाल सरकार को मापदण्ड अनुसारको भवन निर्माण को लागि उपल्लो निकाएमा पहल गरिसकिएकोले निकट भविष्य मै भवन पर्नेमा आफु आशावादी भएको अध्यक्ष थापाले बताए ।
कार्यक्रमका बिशिष्ट अतिथि गाउपालिका उपाध्यक्ष मिना भण्डारिले गर्भावस्थामा सुत्केरि हुन कहाँ जाने भनेर महिलाको मानसिक स्वास्थ्यमा समेत असर पर्ने कुरालाइ समेत ध्यान दिदै गाउपालिकाले कस्तो छ आमा कार्यक्रम र बर्थिङ सेन्टरलाइ बिस्तार गरेको बताइन् ।
कार्यक्रमका बिशिष्ट अतिथि एबम प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले गुल्मिदरबार गाउपालिकाले अघि सारेको सुखि र सम्मृद्द गाउपालिका बनाउने परिकल्पना पुरा गर्न नागरिकको स्वास्थ्य पहिलो सुचक रहेकोले गाउपालिकाले मातृ तथा नवशिसु स्वास्थ्य लगायत जनस्वास्थ्यका कार्यक्रम लाइ गाउपालिकाले बढवा दिदै आएको र कस्तो छ आमा कार्यक्रम र शुभारम्भ भएका बर्थिङ्ग सेन्टर निरन्तर सन्चालन गर्नको लागि गाउपालिकाबाट पहल गरिने बताउदै सबै गर्भवति महिलाहरुलाइ स्वास्थ्य सस्थामै प्रसुति गराउनका लागि जनप्रतिनिधि , राजनीतिक दल, समाजसेवि स्वास्थ्यकर्मी र महिलास्वास्थ्य स्वयमसेबिकाहरुले अहम भुमिका खेल्नुपर्ने बताए।
वडा ठुलो भएकोले सेवाग्राहिको माग र दुरीलाइ समेत सम्बोधन गर्दै गाउपालिकाले बिरबास स्वास्थ्य चौकी अन्तरगतको रुमपोखरा हेल्थ हर्टलाइ अझै बढि ब्यवस्थापनका साथ सेवा बिस्तार गरिने प्रतिवद्द्ता समेत पाण्डेले ब्याक्त गरे ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बिरबास स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरमा कार्यरत अनमी लक्ष्मी परियारलाई गर्भवती महिलाहरुसँग नियमित सम्पर्कमा रही उनीहरुको स्वास्थ अवस्थाको बारेमा जानकारी लिन सहज गराउने उद्देश्यानुसार एक थान स्मार्ट मोबाइल सेट हस्तान्तरण गरे ।


कार्यक्रममा स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले यस धर्तिमा जन्मिने बच्चाहरु सुरक्षित तबरले जन्मिन पाउनुपर्ने बाल अधिकारलाइ सुरक्षित गर्दै केहिदिन अगाडि बलिथुम स्वास्थ्य चौकी र जुभुङ्ग स्वास्थ्यचौकीमा एकैदिन २ वटा स्वास्थ्य चौकिमा बर्थिङ सेन्टर सन्चालनमा ल्याइएको र शनिवार देखि बिरबास स्वास्थ्य चौकीमा स्थापना भए सङ्गै गाउपालिका भित्र ४ वटा स्वास्थ्य चौकीमा सुरक्षित प्रसुति सेवा २४ घण्टा उपलब्ध भएको बताए ।
कार्यक्रमको सहजिकरण गर्दै स्वास्थ्य अधिकृत अर्यालले प्रसुति अवस्था, नवशिशु तथा बाल्यावस्थामा ख्याल गर्नुपर्ने कुराहरु र अपनाउनु पर्ने सावधानी हरुको बारेमा स्वास्थ्य चौकीको फोकल ब्याक्तिले वारम्बार कस्तो छ आमा तपाईं लाइ भनि प्रत्येक महिना गरि कम्तिमा ३० पटक सोध्ने कुरा बताए ।
स्वास्थ्य अधिकृत अर्यालले घरमै प्रसुति हुदाका खतरा र बर्थिङ सेन्टरमा प्रसुति हुदाका फाइदाहरु र कस्तो छ आमा कार्यक्रम को बारेमा सहजिकरण गरे ।
उक्त कार्यक्रममा ने क पा का नेता शुसिला पुन , नेपालि काङ्रेस का नेता तथा गर्भवती महिला शान्ति रजाली , वडा सदस्य कमला डम्मरपाल , महिला स्वास्थ्य स्वयमसेविका कमला कार्की लगायतले शुभकामना मन्तब्य दिदै बर्थिङ्ग सेन्टरको सफलताको कामना ब्याक्त गरिन् ।
समारोहकै बिचमा बिरबास स्वास्थ्य चौकीका अहेव भुपेन्द्र कडेलले स्वास्थ्य चौकीमा प्रथम पटक प्रसुति सेवा लिन आउने गर्भवति महिलाको आतेजाते गाडिभाडा आफुले बेहोर्ने प्रतिबद्दता ब्यक्त गरे ।
स्वास्थ्य चौकीकि निमित्त प्रमुख सिनियर अनमी इन्दु घमको स्वागत रहेको कार्यक्रमको सन्चालन अहेव भुपेन्द्र कडेलले गरेका थिए ।

SHARE