११ गतेदेखि अबरुद्ध कालीगण्डकी करिडोर सडक खुल्यो

0
630

सागर भण्डारी
असोज २४,२०७७ गुल्मी  : कालिगण्डकी करिडोर अन्र्तगत गुल्मीको रिडी रुद्रवेणी सडक खण्ड १२ दिनपछि सुचारु भएको छ ।

रुरु गाउँपालिकाको वडा नं १ स्थित विष्णु पञ्जरमा गत असौज ११ गते झरेको पहिरोका कारण सडक अवरुद्ध बनेको थियो । जिल्ला प्रशाशन कार्यालय गुल्मी र रुरुक्षेत्र गाउँपालिकाको पहलमा ३ दिनसम्म डोजरको सहायताले पहिरो हटाएपछि सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए ।

सडक अवरुद्ध हुंदा सवारी आवागमन तथा ढुवानीका साधनहरु सञ्चालनमा कठिनाई भएको थियो । जिल्लाकै अति व्यस्त मानिने उक्त सडकखण्ड भएर जिल्लाको वामीटक्सार ,शान्तिपुर तथा बाग्लुङको ढोरपाटन ,बुर्तिबाङ लगाएतका ठाउँहरुमा खाद्यान्न ढुवानीे तथा यात्रुहरुको आवागमन हुने गरेको छ ।
लामो समयसम्म सडक सञ्चालन नभएपछि ठुला सवारी तथा ढुवानीका साधनहरु मुसिकोट तथा तम्घास लगायतका वैकल्पिक सडककोे प्रयोग गरी सञ्चालन भएका थिए । भने साना सवारी साधनहरु याडुंग ,बेसीचौर ,जौखोला ,रातामाटाकको वाइपासको प्रयोग गरी सञ्चालन भएका थिए ।

पहिरो धेरैमाथि बाट गएको, सडकको धेरैक्षेत्र पुरेको र निरन्तर धुले पहिरो गइरहेको कारण डोजर लगाउन पनि जोखीमको अवस्था रहेको थियो । २ वटा एक्साभेटरको प्रयोग गरी पहिरो हटाईएको हो । रिडि रुद्रवेणी सडकखण्ड सञ्चालनमा आएसगैं उक्त क्षेत्र भएर चल्ने सवारी साधनहरु सञ्चालनमा आएका छन् । जिल्ला प्रशाशन कार्यालय गुल्मीले लामो पहिरो रहेको र धुले पहिरो गईरहेकाले उक्त सडक भएर चल्ने सवारी साधनलाई सावधानी पूर्वक यात्रा गर्न आग्रह गरेको छ ।

SHARE