हुलाक सेवालाई समयअनुसार रुपान्तरण गरेर अघि बढाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

0
276
फाइल फोटो

असोज २३,२०७७ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विकास भइरहेको सेवाको विकास र विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने बताएका छन्।
१४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै उनले सञ्चार क्षेत्रमा भइरहेको परिवर्तनसँगै हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता रहेको बताए।
नेपालको हुलाक सेवालाई समयानुकूल प्रभावकारी, प्रतिस्पर्धी, आत्मनिर्भर र व्यावसायीक बनाएर नागरिकको माग र चाहनाअनुसार लय मिलाएर काम गर्नुपर्ने उनको भनाइ छ ।

ओलीले हुलाक सेवा जनस्तरमा सञ्चार सेवा उपलब्ध गराउने संसारकै सबैभन्दा पुरानो र ऐतिहासिक सेवा भएकोले भन्दै यसलाई समयअनुसार रुपान्तरण गरेर अघि बढाउनुपर्ने मा जोड दिए ।
नेपालमा विसं १९३५ सालमा हुलाक घरको स्थापना भएर संस्थागत रुपमा हुलाक सेवा सुरु भएको थियो ।

SHARE