म्याद गुज्रेका खाद्यबस्तु बजारमा खुलेहाम बिक्री ,प्रशासनले लगायो ताला

0
535

असोज २३ ,२०७७ कपिलबस्तु : कपिलवस्तुमा प्रसाशनले गरेको अनुगमनका क्रममा कोक र रियल जुस म्याद नाघेको फेला परेको छ ।

बजारमा बिक्री गर्नका लागी राखिएको अवस्थामा फेला परे पछि प्रसाशनले डिलरमा समेत छापा मार्दा म्याद गएको फेला परेको छ । बुधवार बाणगंगा र बुद्धभुमी नगरपालिकामा गरीएको अनुगमनका क्रममा खाद्य बस्तुमा म्याद नाघेको फेला परेको थियो । जिल्ला प्रसाशन कार्याल्य कपिलवस्तुले बुधवार बुद्धभुमी नगरपालिकाको गोरुसिंगे बजारमा खाद्य पदार्थको अनुगमन गरेको थियो ।

गोरुसिंगेका होटेल र पसलमा म्याद गएको कोक र डावरको रियल जुस फेला पर्दै गए पछि अचानक डिलरमा छापा हानेको थियो । फेला परेका खाद्य पदार्थ एक बर्ष पुरानो समेत भेटिएको थियो । बाणगंगा नगरपालिकामा को वडा नं। ११ ओदारी घरबुदियामा रहेको गुप्ता खाद्य तथा जनरल स्टोरमा म्याद गएका खाद्य पदार्थ फेला परेका थियोे । फेला परेका पसल कपिलवस्तुका लागी रियल जुसको डिलर हो । म्याद गएको सामाग्री फेला परे पछि प्रसाशनले पसल सिल गरेको थियो । बिहिबार पुनह ति सबै म्याद सकिएका सामानहरु डिष्पोजल गर्ने कुरा पछि सिल गरिएको पसल सञ्चालनमा आएको छ ।

 

अब देखी सामग्रीहरु स्टोरमा राख्दा सबैकुराको ध्यान दिने सञ्चालक ब्यवसायिको प्रतिबद्धता पछि पसल सञ्चालनमा आएको हो । पसल संचालकका अनुसार बरामद गरेको सामाग्री बिक्री गर्नका लागी नराखी कम्पनीमा फिर्ता गर्नका लागी राखिएको बताएका छन । म्याद गएको सामाग्रीलाई डिष्पोजलका गरिने प्रहरीले जनाएको छ । प्रशासनले केहीदिन यता बजार अनुगमनलाई तिब्र पारेको छ । इलाका प्रशासन कार्यालयको कमाण्डमा इलाका प्रहरी कार्यालय पिपरा र नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तुको प्रतिनिधि टोली बजार अनुगमनमा निस्किएको हो ।

यस्तै रुपन्देहीको भैरहवामा रहेको अन्नपुर्ण बेकरीले उत्पादन मितिमा बदमासी गरेको प्रमाण फेला परेको छ । जिल्ला प्रसाशन कार्यालय कपिलवस्तुले अनुगमन गर्ने क्रममा फेला पारेका ब्रेडमा उत्पादन मिति परिबर्तन गरेको फेला परेको छ । बुद्धभुमी नगरपालिका २ गोरुसिंगेमा किराना पसलमा बुधवार अनुगमन गर्दा बिहीवार उत्पादन मिति भएको फेला परेको थियो ।

केही ब्रेडमा एक महिना पछि ९ नोबेम्वर २०२० को उत्पादन मिति भएको समेत फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी गणेस नेपालीले जानकारी दिए ।
अनुगमनका क्रममा फेला परेका ब्रेड अनुगमन टोलीले अनुसन्धानका लागी लगेको छ । यता अन्नपुर्ण बेकरीमा फोन गर्दा कम्पनीले बदमासी नगरेको बताएको छ । नया कर्मचारी भएको हुँदा त्रुटी हुन सक्छ तर जानी जानी नगरेको दावी गरेको छ ।प्रेसपाटीबाट

SHARE