बिष्णु पाण्डे
असोज २२ ,२०७७ गुल्मी : फुटबलको विश्वकप सुरु भएकै सालदेखि फुटसलको विकास भएको हो। सन् १९३० मा उरुग्वेबाट फुटबलको विश्वकप सुरु भयो। त्यसैबेला ब्राजिल र उरुग्वेबाट नै फुटसलको सुरुवात भएको हो। फुटसललाई फाइभ ए साइड सकर गेम पनि भनिन्छ।
पछिल्लो समय नेपालमा पनि फुटसल गतिविधि फस्टाउन थालेको छ। नेपालमा फुटबलको सुरुवात भएको आधा दशक मात्र भए पनि अहिले विभिन्न खालका टुर्नामेन्टहरु हुन थालेका छन्। १० लाख पुरस्कार राशी रहेको फुटसल प्रिमियर लिग सञ्चालन हुँदैछ। यसले पनि नेपालमा फुटसलको कति विकास भइरहेको छ प्रस्ट पार्छ।
गुल्मीमा पनि बि सं २०७५ बाट इनडोर गेम फुटसल संचालनमा आएको छ। गुल्मीको सदरमुकाम तम्घासमा फुटसल ग्राउन्डको निर्माण गरि ूरेसुङ्गा इनडोर फुटसल एकेडेमीू संचालनमा आएको रेसुङ्गा इनडोर फुटसल एकेडेमीका संयोजक सुनिल बस्नेतले जानकारी दिए। जिल्लामै पहिलो पटक इनडोर फुटबल टुर्नामेन्टहरु आयोजना यो एकेडेमीले गरेको बस्नेतले बताए । फुटसल ग्राउन्ड निर्माणको पहिलो चरणमा रहेको र ग्राउन्डको मुख्यकाम कार्पेट बिछ्याउन बाकी रहेको पनि उनले बताए ।
एकेडेमीमा रहेका खेलाडीका लागि गुल्मी घरभइ हाल अष्ट्रेलियामा बस्ने सचिन पाण्डे र दिपेन्द्र थापा काजी ले आवश्यक जर्सी प्रायोजन गरेका छन। बिश्व खेलकुद जगतमा लोकप्रिय बन्दै गएको फुटसल र आफ्नो जिल्लामा हालैमात्र संचालनमा आएको रेसुङ्गा इनडोर फुटसल एकेडेमीलाई थप उचाईमा पुराउन आफुले हर सम्भव सहयोग गर्ने तयार रहेको सचिन र दीपेन्द्रले बताए।
एकेडेमीले केहि समययता राष्ट्रिय स्तरका प्रख्यात लिग खेलेका ९खेलाडी० प्रशिक्षकहरु मार्फत नयाँ खेलाडीलाई प्रशिक्षण दिइरहेको एकेडेमीका मुख्य प्रशिक्षक सागर थापाले बताए । एकेडेमीमा मोहन तरामु,बिजय थापा पनि प्रशिक्षकको रुपमा कार्यरत छन।
एकेडेमीमा प्रशिक्षण लिइरहेका खेलाडीलाई यु(१२,यु(१४,यु(१६,यु(१८ को राष्ट्रिय छनोट खेल हरुमा पनि सहभागी गराउने लक्ष रेसुङ्गा इनडोर फुटसल एकेडेमीले बोकेको छ।