टिप्परको ठक्करबाट कपिलवस्तुमा एक महिलाको मृत्यु

0
311

असोज २१,२०७७ कपिलबस्तु : टिप्परको ठक्करबाट कपिलवस्तुमा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको शिवराज नगरपालिका ६ धर्मनगरमा मंगलवार साँझ भएको दुर्घटनामा मोटरसाईकल सवार रोल्पा जिल्ला सुनछहरी गा।पा। ७ खेवाङ स्थायी घरभई हाल शिवराज न।पा। २ बस्ने बर्ष ४० कि सुनिता बुठामगरको मृत्युु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए ।

चन्द्रौटाबाट कृष्णनगर तर्फ जाँदै गरेको प्रदेश न।२ ०३ ००१ ख ०४८१ नम्बरको टिप्परले बिपरित दिशा बाट आइरहेको ग १२ प ७१०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।मोटरसाइकल चालक खिम बुढाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खरेलले जानकारी दिए ।

SHARE