गुल्मीदरवारमा बाँझो जग्गाको लगत संकलन कार्य सुरु

0
488
गुल्मीदरबार गाउँपालिकाको तस्बिर : खबरमार्केट

तिलाचन पाण्डे
असोज २१, २०७७ गुल्मी : गुल्मीदरवार गाउँपालिकाले पालिका भित्र रहेको बाँझो जग्गाको लगत संकलन कार्य सुरु गरेको छ ।
कोरोना भाइरसका कारण बिदेशबाट फर्केका र स्वदेशमै रोजगारी गुमाएका युवाहरुलाई कृषि र पशुपालन मार्फत आत्म निर्भर बनाउनका लागि बाँझो जग्गाको लगत सकलन कार्य सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
पालिका भित्र रहेका बाँझो जग्गालाई उपयोगमा ल्याउनका लागि गाउँपालिकाले भूमि बैंक कार्यबिधि २०७७ पारित गरेको र सोही अनुसार नै लगत संकलनको कार्य गरिएको गाउँपालिकाले जनाएको छ ।
पालिका भित्र रहेका बाँझो जग्गाका जग्गा धनिहरुले गाउँपालिकामा यहि असोज मसान्तसम्म निबेदन दर्ता गर्नुपर्ने उल्लेख गरिएको छ । प्राप्त जग्गाहरुलाई भूमि बैंकमा दर्ता गरि सो जग्गा अनुसार पालिकाले निर्णय गरे बमोजिम रकम जग्गा धनिले प्राप्त गर्न सक्ने पाण्डेले दाबी गरे ।
पालिकाले तोकेको समय अबधिसम्म निबेदन दर्ता नगरि जग्गा बाँझो राखेमा पालिकाबाट प्राप्त हुने सम्पुर्ण सेवा सुबिधाहरु रोक्का गर्ने र प्रति रोपनी एक हजारका दरले जरिवाना समेत गर्ने गाउँपालिकाले चेतावनी दिएको छ ।
गाउँपालिका भित्र करिब ६१२ जना युवाहरु देश तथा बिदेशबाट रोजगारी गुमाएर फर्किएका गाउँपालिकाले जनाएको छ ।

 

SHARE