रिडी रुद्धबेनी सडकको पहिरो पन्छाउने कार्य सुरु

0
381

असोज २० ,२०७७ गुल्मी : गुल्मीको कालीगण्डकी करिडोर अन्र्तगतको रिडी रुद्धबेनी सडकखण्डमा पहिरो पन्छाउने कार्य सुरु भएको छ ।
कालीगण्डकी करिडोर अन्र्तगत रिडी रुद्धबेनी सडकखण्डको बिष्णुपन्जरमा असोज ११ गते देखि माथिबाट पहिरो निरन्तर रुपमा खस्नेक्रम जारी रहेकाले सडक अबरुद्ध भएको थियो ।
सो सडक अबरुद्ध हुँदा सत्यवती , कालीगण्डकी , चन्द्रकोट गाउँपालिका संगै बाग्लुङ सम्म जाने सवारी साधनहरु लगायत सवारीहरुले सास्ती भोग्नु परेको छ ।

यता कालीगण्डकी करिडोर गैडाकोट ,राम्दी , मालढुङगा सडक योजना पाल्पाका योजना प्रमुख नरेन्द्र सुबेदीले पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुलाउन समय लागेको जानकारी दिए ।
आइतबार साँझबाट पहिरो झर्ने क्रम रोकिएकाले २ वटा मेसिनहरु पहिरो पन्छाउनका लागि प्रयोग भइरहेको उनले दाबी गरे । बिचमा केही समस्या आइनपरे मंगलबार साँझ सम्म सडक खुलाउन सकिने सुबेदीको दाबी छ ।
सुबेदीका अनुसार एम्बुलेन्स र साना गाडीहरुका लागि वाइपासको ब्यबस्था गरेको र अन्य ठुला गाडीहरुका लागि तम्घास इन्दे्रगौडा सडकको प्रयोग भइरहेको जानकारी दिए ।

 

SHARE