प्रदेश ५ को सभामा मै तोडफोड

0
275

असोज १९, २०७७ रुपन्देही : अस्थायी राजधानी रहेको बुटवलबाट राजधानी भालुवाङ लान खोजिएको भन्दै कांग्रेससहितका दलले सदनमा आन्दोलन चर्काइरहेका छन्।

प्रदेश सरकारको तर्फबाट संसदमा प्रदेशको नाम लुम्बिनी र राजधानी भालुवाङ बनाउने प्रस्ताव पेश गर्ने दिन कांग्रेससहितका सांसदहरुले चर्को विरोध जनाए। उनीहरु विरोधमा मात्रै उत्रिएनन् रोस्ट्रम पनि घेरे।
प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले राजधानी दाङको भालुवाङ राख्‍न छलफलका लागि प्रस्ताव पेश गर्नुअघि नै प्रतिपक्षी सांसदहरुले हंगामा गरे।
सत्तारुढ नेकपाले बहुमतले प्रदेश ५ को राजधानी दाङ लाने निर्णय गरेसँगै संसदमा प्रस्ताव गएको हो। सरकारको तर्फबाट गरिएको प्रस्ताव कुनै हालतमा फिर्ता नहुने अडान लिए।

SHARE