मुसिकोटका समुदायस्तरमा ११ जनामा कोरोना पुष्टि

0
265

सागर भण्डारी
असोज १९,२०७७ गुल्मी : गुल्मीको मुसिकोट नगरपालिकामा थप ११ जनामा कोरोना सक्रंमण पुष्टि भएको छ।

सक्रंमित सबै समुदायस्तरका रहेका छन् । नगरपालिकाका एक वडाध्यक्ष,एक कार्यपालिका सदस्य र अन्य स्थानीय गरी ११ जनमा सक्रंमण पुष्टि भएको प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए ।

सक्रंमितहरु वडा नं १,३ र ४ नं वडाका रहेकाा छन् । कोभिड १९ परिक्षण प्रयोगशाला तम्घासमा गरिएको परिक्षणमा उनीहरुको रिपोट पोजेटिभ आएको र सबै अहिले होम आईसुलेसनमा रहनुभएको भण्डारीले जानकारी दिए ।

केही समय अगाडि नगरपालिकामा कार्यरत १० जना कर्मचारी सहित १७ जनामा सक्रमण पुष्टि भएको थियो । अहिले उनीहरु सबै निको भएर दैनिकीमा फर्किसक्नुभएको छ।

SHARE