कपिलवस्तुमा पहिलोपटक मगर गोही फेला

0
620

असोज १९, २०७७ कपिलवस्तु : वाणगंगा नगरपालिकामा पहिलो पटक मगर गोही फेला परेको छ। आइतबार रुपन्देही र कपिलवस्तुको सीमामा पर्ने कोठी नदीमा मगर गोही देखा परेको थियो।

प्रत्यक्षदर्शी स्थानीय कमल क्षेत्रीले नदीका किनारमा घाम तापेको बेला गोही देखेका हुन्। जिल्ला वन कार्यालय कपिलवस्तुका सूचना अधिकारी मदन मोहन श्याण्डील्यका अनुसार स्थानीयको जानकारीपछि उक्त स्थानमा निगरानी राखेको बताए। गोहीलाई के गर्ने भन्ने विषयमा उच्च अधिकारीसँग परामर्श लिइने श्याण्डीले बताए।

वन्यजन्तु विषयमा अनुसन्धान गरेका वन्यजन्तुकर्मी चिरञ्जीवी खनालका अनुसार गोहीले लामो यात्रा गर्न सक्ने हुँदा खानाको खोजीमा आउन सक्ने बताए। गोही फेला परेको स्थलमा प्रवेश गर्न वाणगंगा नगरपालिकाले रोक लगाएको छ।

SHARE