गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु

0
309

असोज १९,२०७७ गुल्मी :गुल्मीमा छोराले बुवालाई कुटपिट गर्दा ६० बर्षिय दिलबहादुर बस्नेतको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका ४ दोहोलीमा ६० बर्षिया दिलबहादुर बस्नेलाई उनका २६ बर्षिय छोरा अनिल बस्नेतले आइतबार साझँ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
मुख र छातिमा भित्रि चोट लागेका दिलबहादुरलाई तम्घास अस्पतालले मिसन अस्पताल पाल्पा रिफर ग¥यो । मिसन अस्पतालले प्रवास अस्पताल र प्रवास अस्पतालले प्रादेशिक अस्पताल बुटबल रिफर गरेको थियो ।
सोमबार बिहान ३ः५५ मा उपचारका लागि बुटबल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको पन्तले जानकारी दिए । बुबालाई कुटपिट गर्ने छोरा भने फरार रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पन्तले जानकारी दिए ।

SHARE