केन्द्रीय सदस्यलाई कोरोना भएपछि कांग्रेस बैठक स्थगित

0
443
फाइल फोटो

असोज १८, २०७७ काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।

बैठक अघि सतर्कताका लागि गरिएको स्वाब परीक्षणमा केन्द्रीय कार्यसमितिका सदस्यसहित केहीलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक असोज २५ गतेसम्मका लागि सरेको हो। यस अघि बैठक सोमबारको लागि तय गरिएको थियो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय समितिको बैठक सरेको र आजको लागि बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक पनि स्थगित भएको छ। बैठक आज आइतबार बिहान नौ बजे बोलाइएको थियो।

कांग्रेसका ५ केन्द्रीय सदस्यसहित १७ जनालाई संक्रमण पुष्टि भएको छ। शनिबार अर्जुननरसिंह केसी, गगन थापा, कल्पना चौधरी र शम्भु लाल श्रेष्ठको रिपोर्ट पोजेटिभ आएको थियो। जंगीलाल राय र रमेश रिजाललाई पनि संक्रमण पुष्टि भएको छ।

SHARE