रामकृष्ण कंडेल ,
असोज १८ गुल्मी : गुल्मीदरबार गाउँपालिका वडा नंम्बर ७ का पहिरो पीडित तीन परिवारलाइ आइतबार स्थानीय राजु रायमाझीले ९ हजार बराबरको राहात प्रदान गरेका छन ।
यहि असोज ८ गते परेको अविरल बर्षाको कारण गएको पहिरोले विस्तापित भएका गुल्मीदरबार गाउँपालिका वडा नंम्बर ७ सियालापानीका अमर बहादुर बि.क., लक्ष्मी सुनार र फुलमती बि.क. का परिवारलाइ वडा कार्यालय मार्फत राहात वितरण गरिएको हो ।
भारतिय सेनामा कार्यरत गुल्मीदरबार गाउँपालिका वडा नंम्बर ७ लामडाँडा बासि राजु रायमाझीले आफ्ना बुवा खिम बहादुर रायमाझी र स्वर्गिय आमा हिरा कुमारी रायमाझीको सम्झनामा दैनिक उपभोग्य सामान चामल, दाल, तेल, चिनी,नुन साबुन लगायतको राहात सामाग्रि वितरण गरेको बताए । गुल्मीदरबार गाउँपालिका वडा नंम्बर ७ का वडाध्यक्ष टोप बहादुर बस्नेतको सभापतित्वमा वडा कार्यालयमा सम्पन्न राहात वितरण कार्यक्रममा वडा सदस्य सालिक टण्डन , पशु स्वास्थ्य प्राविधिक दिलिप कंडेल, समाजसेवी प्रकाश रायमाझी , पत्रकार रामकृष्ण कंडेल लगायतको उपस्थिती रहेको थियो ।
असोज ८ गते घरको जगदेखि नै ठुलो पहिरो गए र न्युन आय श्रोत भएका बिस्थापित तिन परिवारका १४ जना वडा कार्यालयको ब्यवस्थापनमा स्थानिय कृषि कार्यालय, हुलाक कार्यालय र श्रोत केन्द्रका भवनमा बस्दै आएको पहिरो पिडित लक्ष्मी सुनारले बताइन ।
श्रीमान भारतमा रोजगारिको लागि गए पनी बारम्बार बिरामि भइरहकोले लामो समय सम्म उपचार गर्नु परेको र अहिले कोरोना संङ्क्रमणको कारणले खासै काम नचलेकोले आर्थिक अभाव रहेकोले अब वडा कार्यालयको पहलमा गाउँपालिका र अन्य उपल्लो निकायले स्थायी बसोबासको लागि घरजग्गाको ब्यवस्थापन भएमा राम्रो हुने थियो भन्छिन अर्कि पहिरोको कारण किस्तापित मुना बि.क. ।
त्यस्तै पहिरोको कारण बिस्तापित फुलमती बि.क. को पनि अवस्था उस्तै रहेको बताइन । उनका श्रीमान भारतमा कामको लागी गए पनि कोभिड १९ को महामारिले लामो समय विना रोजगार बस्नु परेको र अहिले घर आइ अस्थाइ रुपमा बस्दै आइको कृषि कार्यालयको कोठामा क्वारेन्टाइनमा बसिरहेको बताइन । अब उनिहरुको कसरि ब्यवस्थापन हुन्छ भनेर हामिले सोधेको प्रस्नमा वडाध्यक्ष बस्नेतले वडा कार्यालयको पहलमा उनिहरुको बसोबास र खानपिनका लागि अस्थाइ ब्यवस्थापन गरिएको र स्थायी बासस्थानको लागि गाउँपालिका र निरन्तर रुपमा उपल्लो निकायमा पहल गरिरहेको बताए ।
स्मरण रहोस यसअघि चारपाला रुपन्देहि सम्पर्क समाज, समृद्ध चारपाला युवा अभियान लगाएतका संघ संस्थाले पनि सहयोग गरेका थिए ।