अर्घाखाँची प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द

0
619

असोज १८, २०७७ अर्घाखाँची : प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलसहित चार जना कर्मचारीमा कोरोना पुष्टि भएपछि संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरू आइतबारदेखि एक साताका लागि बन्द गरिएको छ।

कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरू एक साताका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।
शान्ति सुरक्षा, मुद्दा, राहत, उद्दार लगायतका अत्यावश्यक सेवाहरू भने नियमित रहनेछन्। सन्धिखर्क र शीतगंगामा पहिरोबाट विस्थापित भएका पीडितहरुलाई राहत वितरण तथा अवलोकन गर्नुअघि नै कोरोना संक्रमण भएकव शंका लागेपछि प्रजिअ सहितका कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि गुल्मीमा पठाइएको थियो।

SHARE