असोज १७,२०७७ गुल्मी : जिल्ला खेलकुद कार्यालय गुल्मीले एक महिनाको सटर भाडा छुट गरेको छ ।
कोरोनाभाइरसबाट व्यवसायीहरू मारमा परेका कारण केही सहुलियत दिएको खेलकुद कार्यालय गुल्मीले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को निर्देशन तथा जिल्ला खेलकुद विकास समिति गुल्मीको निर्णय अनुसार सटर भाडा छुट गरिएको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।
खेलकुद कार्यालयले आफ्ना पाँच वटा सटर फरक फरक मूल्यमा भाडामा दिएको छ । यसरी एकमुष्ट एक लाख १२ हजार सात सय ५५ रकम छुट दिएको हो ।