राधा माधव समिति गुल्मी र डिभाईन युथ क्लव गुल्मीद्धारा सहयोग

0
593

असोज १७,२०७७ गुल्मी :सडक दुर्घटनामा परि सक्त घाईते हुनुभई विस्तारामै जिवन यापन गर्न बाध्य गुल्मी जिल्ला रेसुंगा न पा वडा नं २ बस्ने श्री दिपक वि क को परिवारलाई श्री राधा माधव समिति गुल्मी र डिभाईन युथ क्लव नेपाल गुल्मीले संयुक्त रुपमा खाद्यान्न तथा कपडा सहयोग उपलब्ध गराएका छन् ।
श्रीमती, तिन छोरी र एक छोरा रहेका वि क परिवारलाई गत विहिवार स्वामी श्री हरिदासजीको आध्यात्मीक जन्म दिवसको अवसर पारि राधे राधे परिवारवाट दाल, चामल, नुन, तेल, चिनी, कपडा लगायतका विभिन्न खद्यबस्तु उपलब्ध गराइएको हो ।

२०७६ श्रावण २४ गते गौँडाकोटबाट गुल्मी जाने क्रममा भएको सडक दुर्घटनामा परि मेरुदण्डा फ्याक्चर भई सक्त घाईते हुनुभएका ३८ बर्षिय वि क विभिन्न अस्पतालमा उपचार गर्दा समेत निको हुन नसकेपछी अहिले दिशा पिसाव त्याग गर्न समेत उठ्न नसक्ने गरि विस्तारमै दैनीक जिवन यापन गर्न बाध्य छन् ।
दक्ष मिस्त्रीको रुपमा काम गर्दै आएका वि व विस्तारमा परेपछि परिवारमा आर्थीक संकट परि दैनीक गुजारा चल्न समेत नसकने अवस्था रहेको छ ।

यस्तो अवस्थाविच कष्टपुर्ण जिवनयापन गरिरहेका वि क परिवारलाइ साधकहरुबाट स्वइच्छीक रुपमा सकलन गरिएको रकमबाट दैनिक गुजार गर्न केहि सहयोग पुगोस् भनी यस प्रकारको सेवा कार्य आयोजना गरिएको समितिले जनाएको छ ।

राधे राधे परिवराले अध्यात्मी जागरणका अतिरिक्त यस अघि पनि नियमित रुपमा बिभिन्न सेवा मुलक र रचनात्मक कार्य हरु सन्चालन गर्दै आएको छ ।

SHARE