नेकपा सचिवालय बैठक आज बस्दै

0
419
फाइल फोटो

असोज १७, २०७७ काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार दिउँसो बस्ने भएको छ। दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा सरकारका पछिल्ला निर्णयहरुबारे छलफल गर्ने तयारी छ।

सरकारले मुख्य सचिव नियुक्ति तथा विभिन्न देशका लागि राजदूत सिफारिसमा एकलौटी ढंगले निर्णय गरेको भन्दै पार्टीको शीर्ष तहमा असन्तुष्टि बढेपछि शनिबार सचिवालय बैठक बोलाइएको हो।

शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि शनिबारका लागि सचिवालय बैठक बोलाउने सहमति भएको थियो।

SHARE