गुल्मीमा एक व्यक्ति मृत फेला, अर्का बेपत्ता

0
861

असोज १६,२०७७ गुल्मी : गुल्मीमा पाचँ दिनदेखि हराइरहेका एक व्यक्ति मृत फेला परेका छन् ।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ३ दर्लामचौर निवासी ४९ बर्षिय बिरबहादुर कुमाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
शुक्रबार इस्मा गाउँपालिका ५ रजस्थलस्थित अँधेरी खोलामा उनको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी टोलीले घटनास्थलमा स्थलगत मुचुल्का गरेपछि शव परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको छ ।
यसैबीच इस्मा ३ का एक व्यक्ति गत बिहीबार बेलुकीदेखि बेपत्ता बनेका छन् । दर्लामचौरका ६५ वर्षीय इन्द्रमणि मरासिनी घरमा सामान्य विवाद भएपछि घरबाट निस्केर हिँडेको र अहिलेसम्म सम्पर्कमा नआएको इस्मा ३ का वडाध्यक्ष तोयनाथ सापकोटाले जानकारी दिए ।

SHARE