आधा किलो सुनसहित कपिलवस्तुबाट दुईजना पक्राउ

0
67

असोज १६, २०७७ कपिलवस्तु :  जिल्लाको मायादेवी गाउँपालिकामा आधा किलो अवैध सुनसहित दुईजना पक्राउ परेका छन्। वडा नम्बर ४ का ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी १६ वर्षीया बहिनी प्रहरीले सुनसहित पक्राउ गरेको हो।

उनीहरुको साथबाट आधा किलो२४ क्यारेटको सुन र १८ क्यारेटको सुनको सिक्री एक थान र एक थान औँठी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा मायादेवी–७ बनकसीयाबाट उनीहरु पक्राउ परेका हुन्।

बरामद गरिएको सुनको मूल्य ४२ लाख रुपैयाँभन्दा बढी हुने अधिकारीले बताए।

SHARE