
डिबी खड्का
असोज १४,२०७७ गुल्मी : गुल्मीमा मास्क प्रयोग नगर्नेलाई जरिवाना असुल्न सुरु गरेको दुई महिनामै ६८ हजार भन्दा बढी राजस्व सङ्कलन भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले गत साउन १२ गते देखी सार्वजनिक स्थानमा मास्क प्रयोग नगर्नेलाई कारबाही स्वरूप १०० रुपैयाँ जरिवाना असुल्न सुरु गरेको थियो ।
असोज १४ गतेसम्म ६८ हजार चार सय राजस्व जम्मा भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार पन्तले जानकारी दिए ।
पहिलो पटक सम्झाई बुझाई गर्दै आएको र पटकपटक गल्ती दोहोराउने तथा नटेर्नेलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यता, जिल्ला प्रशासनले पनि कारबाहीलाई यथावत अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताए ।







