नया बर्थिङ्ग सेन्टरमा एकैदिन २ वटा सुत्केरि

0
1178

रामकृष्ण कंडेल
असोज १४,२०७७ गुल्मी : गुल्मिदरबार गाउपालिका वडा न १ बलिथुम स्वास्थ्य चौकिमा एकै दिनमा २ वटा बच्चा जन्मिएसङ्गै स्थापना भएको १५ दिन पुग्दा नै सुत्केरि हुनेको सङ्ख्या ३ पुगेको छ ।

आज राति १२ । ०८ मा २१ बर्षकि सिता परियार ले २ किलो ६०० ग्राम को बच्चा जन्माइकि र आज दिउसो २।२९ मा २७ बर्षकि दिल कुमारि सर्तुङ्गि ले २ किलो ७०० ग्राम तौल भएको बच्चा जन्माएको बलिथुम स्वास्थ्य चौकि का प्रमुख दिल बहादुर थापाले जानकारी दिए ।

आज सुत्केरि हुने दुबै जनाको प्रसुति सामान्य तरिकाले गराइएको र अहिले दुबै बच्चा र आमा हरु को स्वास्थ्य अबस्था राम्रो भएको बलिथुम बर्थिङ्ग सेन्टरकि फोकल पर्सन रिम कुमारि श्रीष ले बताइन् ।
गुल्मि दरबार गाउपालिकाले शुरु गरेको कस्तो छ आमा कार्यक्रमलाइ प्र्भाबकारि बनाउन बिस्तार गरिएको बर्थिङ्ग सेन्टरमा आएर गर्भवति महिलाहरु सुत्केरि हुने क्रमसङ्गै गाउपालिका को लक्ष्य सुन्य होम डेलिभरि पुरा गराउन सहज हुने गाउपालिका का स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले बताए।

गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले सुरक्षित प्रसुति सेवाको पहुच बढाउन बिभिन्न वडाहरुमा बर्थिङ्ग सेन्टर बिस्तार गरिएको र ति सस्थाहरुमा सेवा लिनेको पहुच बढेकोमा खुसि ब्यक्त गरे ।
गाउपालिकाका अध्यक्ष अशोक कुमार थापाले सुरक्षित प्रसुति सेवा प्रबाह र स्वस्थ शिसु को जन्म र स्वस्थ बच्चा को हुर्काइ सङ्गै स्वस्थ नागरिक को अबस्था सृजना भै स्वस्थ समाज बनाउने सपना साकार पार्न कस्तो छ आमा, बर्थिङ्ग सेन्टर बिस्तार लगायतका कार्यक्रम ल्याइएको जानकारि गराउदै स्वास्थ्य चौकिमा सेवाको पहुच बढेकोमा आफुलाइ खुसि लागेको बताए ।

SHARE