
राम कृष्ण कडेल
असोज १४,२०७७ गुल्मी : गुल्मीदरबार गाउँपालिकाले गाउपालिका अन्तर्गतका विद्यालयमा विद्यार्थीहरुको सिकाई सहजिकरणको लागि ४१ वटा इन्फारेड थर्मोमिटर थर्मलगन प्रदान गरेको छ ।
उक्त थर्मोमिटर गाउपालिकाले खरिद गरि विद्यालयलाई प्रदान गरेको हो ।गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले गाउपालिका भित्रका सम्पुर्ण सामुदायिक तथा निजि बिध्यालयलाइ एक रएक वटा इन्फारेड थर्मोमिटर थर्मल गन र १००. १०० थान पन्जा हस्तान्तरण गरे ।
एक औपचारिक कार्यक्रमका विच गुल्मीदरबार गाउँपालिका अन्तर्गतका सम्पुर्ण विद्यालयमा विद्यार्थीहरुको सिकाई सहजिकरणको लागि बिध्यालय प्रवेश गर्दा बिध्यार्थि र शिक्षकको तापक्रम मापन गरि प्रवेश गराउनको लागि इन्फारेड थर्मोमिटर गाउँपालिकाले विद्यालयलाई हस्तान्तरण गरिएको अध्यक्ष थापाले बताए ।
कोभिड(१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने ज्वरो मापन गर्ने यन्त्र इन्फारेड थर्मोमिटर ९थर्मल गन० मार्फत विद्यार्थी र शिक्षकहरुको दैनिक शरीरको तापक्रम मापन गर्नको लागि सहयोग भई सुरक्षीत रुपमा सिकाई व्यवस्थापन हुने गाउँपालिकाले अपेक्षा लिएको स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले बताए ।
कोभिड(१९ को संक्रमण , रोकथाम इन्फारेड थर्मोमिटरको प्रयोग गर्ने तरिका लगायतको बिषयमा सहजिकरण गर्दै स्वास्थ्य अधिकृत अर्यालले हाल गुल्मिदरबार गाउपालिकामा कोभिड १९ को संक्रमण सङ्ख्या सुन्य रहेको र आगामि दिनमा पनि स्थानीय स्वास्थ्यकर्मीहरु , शिक्षकहरु , जनप्रतिनिधि , बुद्दिजिवि , समाजसेविहरु लगाएत आम जनताको सजकता, सचेतना र रहनु पर्नेमा जोड दिए ।
कोभिड १९ रोकथाममा शिक्षकको पनि महत्वपुर्ण भुमिका रहेको बताउनु भएको थियो । गाउपालिका अध्यक्ष अशोक कुमार थापाको सभापतित्व र उपाध्यक्ष मिना भण्डारिको उपस्थितिमा सम्पन्न कार्यक्रमको सन्चालन शिक्षा अधिकृत सुन्दर चालिसे ले गरेका थिए ।
स्मरण रहोस आइतवार देखि गुल्मीदरबार गाउपालिकाका सम्पुर्ण बिध्यालयहरुले स्वास्थ्यका मापदण्ड पुरा गरि शिक्षण सिकाइ प्रदान गर्दै आएका छ्न ।








