बाणगंगमा ९ जना थपिए संक्रमित

0
330

असोज १३,२०७७ कपिलबस्तु : कपिलवस्तुको बाणगंगमा ९ जना थपिएसंगै २८ सक्रिय संक्रमित पुगेका छन् ।

कन्ट्रयाक ट्रेसिङका आधारमा ४२ जनाको स्वाव संकलन गरिएकोमा ३ जनाको नतिजा आउन वाकीछ भने अरु सबैको नेगेटिभ नतिजा आएको छ । स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले आज ९ जना थपिएसंगै २८ जना सकृय संक्रमित रहेको वताउदै उनीहरु अहिले होम आइसोलेशनमा रहेको जानकारी दिए ।

घरमा अलग्गै बस्न असुविधा हुनेकालागि नगरले २ ठाउमा आइशोलेसन राखेको र लक्षण देखापरे बुटवल रिफर गरिने गरिएको बताए । वाण्गंगामा अहिले सम्म १४३ जना संक्रमित भेटिएकाछन् ।
आज भेटिएका संक्रमितमा वडानं ३मा १ वालिका सहित २जना ,४मा १ महिला सहित ३ जना ,वडा नं ७ र ११मा २÷२ जना पुरुष गरी ७ पुरुष १ वालिका र १ महिला संक्रमित थपिएका हुन् ।

SHARE