मुसिकोटमा यहि महिना केन्द्रीय प्रशारको लाईनबाट विजुली बोल्ने

0
441
नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र गुल्मी कार्यालयको तस्विर : तिलाचन पाण्डे

सागर भण्डारी
असोज १३,२०७७ गुल्मी : जिल्लाको मुसिकोट नगरपालिकामा यहि महिनाको मसान्तसम्म केन्द्रीय विद्युतीकरण पुग्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख नारायण अर्यालले एक रेडियो कार्याक्रम मार्फत यस्तो बताएका हुन् । अहिले उक्त स्थानमा काम हुँदै गरेको र मसान्तसम्म विद्युतको पहुँच विस्तार हुने उनले दाबी गरे ।

मुसिकोटको केन्द्र वामीटक्सार बजारमा मसान्त भित्र र अन्य स्थान अर्लाङ्कोट पौँदीअमराई लगायतका क्षेत्रमा त्यसको केही समय विधुत सेवा पुग्ने जानकारी दिए । अन्य केही स्थानमा पनि केन्द्रीय विद्युतको पहुँच पुगे पश्चात गुल्मीमा झण्डै ९२ प्रतिशतमा केन्द्रीय विद्युत सेवाको पहुँच पुग्ने अर्यालको भनाई छ ।

कुलमानका कारण बिद्युतमा समस्या आएको होइन

फरक एक प्रसगंमा प्रमुख अर्यालले पछिल्लो समय विद्युतमा समस्या देखिनुमा केन्द्रीय नेतृत्वको कुनै प्रभाव नरहेको स्पस्ट पारे ।
केन्द्रको नेतृत्व फेरिएको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भएको भन्दै उनले यसमा प्राविधिक समस्याहरु देखिएको र त्यसको समाधानका लागि प्राधिकरण लागि परेकाले केही समय भित्रै सुधार हुने जानकारी दिए । मौसमका कारण पनि काम गर्न केही कठिनाई भएपनि प्राधिकरणले काम गरिरहेको बताए ।

SHARE