टेलिभिजन कार्यक्रम मार्फत पीडितलाई उद्धार गर्दै नेपाली

0
515

सागर भण्डारी
असोज १३,२०७७ गुल्मी : मुसिकोट नगरपालिका वडा नं २ रातचौर बस्ने चुमानसिहं खत्रीको घर निर्माणका लागि सकंलित रकम हस्तान्तरण गरिएको छ ।
अविरल वर्षासगैं पहिरोले आफ्नो थातथलो गुमाएका खत्रीलाई टेलिभिजन कार्यक्रम मार्फत रकम सकंलन गरी सहयोग हस्तान्तरण गरिएको हो ।

जीटिभि युटुब च्यानल र बीटिभि गुल्मीबाट प्रशारण हुने कार्यक्रम सघंर्षका कथा हेरेर देश विदेशबाट आएको सहयोग रकम कार्यक्रमका सञ्चालक दीपक नेपाली र सहयोगी महेन्द्र कौषलले खत्रीलाई हस्तान्तरण गरे ।
सघंर्षका कथा मार्फत खत्रीको वास्तविक अवस्थाका बारेमा सञ्चालक नेपालीले बनाएको भिडियो सामाग्री देखेपछि देश विदेशबाट सकंलित २ लाख ७८ हजार २ सय ३२ रुपैयाँ चुमानसिहंको घरमै गएर हस्तान्तरण गरिएको बताईएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा सञ्चालक नेपालीले खत्रीको अवस्थाबारे आफुले निर्माण गरेको भिडियो हेरेर देश विदेशबाट सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरे । उक्त रकमले घरबास गुमाएका खत्रीको घर निर्माणमा ठुलो सहयोग हुने भन्दै विदेशमा रहेर पनि स्वदेशको दुःख र पीडा आफ्नै ठानेर रकम पठाएको भन्दै आभार प्रकट गरे ।

नेपालीले उत्पादन गरेको कार्यक्रम संघर्षको कथा हेरेर जापनमा रहेका यमु पछाइँ र तुल्सिराम काफ्लेले सहयोगको अभियान संचालन गरेका थिए । उक्त अभियान मार्फत यमु पछाइले सकंलन गरेको २,३८,६९१ रुपैयाँ र तुल्सिराम काफ्लेले सकंलन गरेको ३९,५४१ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
युटुबमा कार्यरत संचारकर्मी दीपक नेपालीले करिब एक बर्ष अगाडि देखी सङ्घर्षको कथा कार्यक्रमबाट धेरै मानिसलाई सहयोग गर्दै आएका छन् । केही वर्ष पहिले उहाँले नेपालबाटै निमूल भएको कुष्ठरोगका एक विरामीको अवस्थाबारे भिडियो बनाएर उनलाई पुर्नजीवन दिइएको थियो । त्यस्तै अहिले उनकै कार्यक्रम मार्फत सहयोगीमनहरुले देश विदेशबाट सहयोग गरेपछि कयौँको ज्यान जोगिएको छ भने कयौँ आर्थिक अभावका कारण पढ्न नपाएकाहरुले पढ्न पाएका छन् । त्यस्तै कयौँको घर निर्माण भएको छ ।

सघंर्षका कथा कार्यक्रम सञ्चालक नेपालीले आफुले कार्यक्रम उत्पादन मात्रै गरेको भन्दै देश विदेशबाट कार्यक्रम हेरेर सहयोग गर्ने सम्पूर्ण दर्शकनै धन्यवादका पात्र भएको र उनीहरुकै कारण धेरैले पुर्न : जीवन तथा कयौँले राहत पाएको बताए ।

SHARE