असोज १२,२०७७ गुल्मी :गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरको वडा कार्यालयमा ताल्चा तोडी नगद ६० हजार र ल्यापटप चोरी भएको वडा अध्यक्ष बेदप्रसाद पन्थीले जानकारी दिए ।
आइतबार बिहान मर्भुङ प्रहरी चौकीले घटनाको स्थलगत अध्ययन गरेको र घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पहिलो घटना घटेको १० महिना पुगिसक्दा पनि दोषी पत्ता नलाग्नु र पुनः दोस्रो पटक चोरी हुनुले स्थानीय त्रसित बनेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनालाई गम्भीरतापुर्वक लिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।