नेकपा र सरकारका मुख्य २ कार्यभार महाधिबेशन र समाजवाद :नेता बलदेव

0
478

असोज १११,२०७७ कपिलबस्तु :  नेकपा स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री चन्द्र प्रकाश खनाल बलदेवले अव सरकार समाजवाद तर्फ लाग्ने छ भने पार्टी महाधिबेनमा केन्द्रित हुने जोड दिएका छन् ।

उनले संविधानले दिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा सरकार र पार्टी अगाडी बढेको तर्क गर्दै पार्टी एक ढिक्का भएर महाधिवेशन तर्फ अगाडी बढने बताए । नेता खनालले १ सय २० वर्षको जगमा नेकपा उभिएको बताउदै त्यसको जगमा पार्टीलाई समय सापेक्ष परिस्कृत गर्दै अगाडी लैजाने दाबी गरे ।

पूर्व मन्त्री खनालले जिल्लाको दक्षिण भेगलाई विकासको मूलधारमा ल्याउनु पर्नेमा जोड दिदै कम्युनिष्ट पार्टीमा हुने वहश, तर्कहरु वैचारिक, वैज्ञानिक र आवश्यकतामा आधारित हुुनुपर्नेमा जोड दिए ।
नेता खनालले छोटै समयमा मन्त्री मण्डल पुनःगठन हुने बताउदै सकुम्बासी समस्या समाधानका निम्ति सरकारले छिटै काम गर्ने दाबी गरे। नेकपा कपिलवस्तुको जिल्ला सचिवालयको चौथो वैठकलाई आइतबार बनगाईमा सम्बोधन गर्दै नेता खनालले यस्तो धारणा राखेका हुन् ।

SHARE