गुल्मीदरवारको अनुकरणीय काम , घरघरमै जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच

0
908

रामकृष्ण कंडेल
असोज ११,२०७७ गुल्मी : ५ न प्रदेश ले शुरु गरेको घरमै जेष्ठ नागरिक को स्वास्थ्य परिक्षण लाइ गुल्मि दरबार गाउपालिकाले यस आ ब ०७७र०७८ मा मासिक रुपमा सन्चालन गर्ने निर्णय सहित सेवा प्रबाह गर्दै आएको छ ।

जेष्ठ नागरिकहरु हिडडुल गर्ने नसक्ने हुदा कम्तिमा महिना को १ पटक घरमै गएर स्वास्थ्य जाच र औषधि उपचार गर्दा निजहरुको स्वास्थ्यको अबस्था बुझ्न सजिलो हुने हुदा यो कार्यक्रम यस आ ब मा १२ महिना नै निरन्तर सन्चालन गर्ने गरि मिति ०७७र०४र१५ मा सम्पन्न स्वास्थ्य सस्थाहरुको बार्षिक समिक्षा गोष्टि मा निर्णय सहित सबै स्वास्थ्यकर्मिहरुले प्रतिबद्दता ब्यक्त गरेका थिए ।

गाउपालिका का ७ वटै वडाहरुमा गत श्राबण महिनादेखि यो कार्यक्रम सन्चालन मा ल्याइएको गुल्मिदरबार गाउपालिकाका स्वास्थ्य अधिकृत नारायणप्रसाद अर्यालले जानकारि दिए ।
स्वास्थ्यकर्मिहरु बृद्दबृद्दाहरुको घरमा पुग्दा जेष्ट नागरिकहरु कोहि खेतबारिमा काम गर्दै त कोहि गरुङ्गो घासको भारिसित बाटो बाटोमा भेटिन्थे . यसरि काममा लाग्नुको बाध्यता किन भन्ने प्रश्नको जबाफमा भने एक ८६ बर्षिय बृद्द आमाले आफुलाइ कुनै रोग नभएको र काम गर्न सक्ने भएकोले घरपरिबारलाइ सघाउन काममा आएको र घरघरमै मात्र नभै खेतबारिमै आएर स्वास्थ्यकर्मिहरुले स्वास्थ्य जाच तथा उपचार गरिदिएको मा निकै खुसि ब्यक्त गर्दै पुराना कुराहरु र आफ्ना भोगाइ समेत बताउने गरेको स्वास्थ्यकर्मि हरुले बताए ।

८७ बर्षिय एक आमा लाइ घासको भारिसहित बाटोमा भेटेर स्वास्थ्य परिक्षण गर्दा निजको स्वास्थ्य अबस्था सामान्य रहेको साथै यति बृद्द अबस्थामा पनि भारि बोकेर काममा आउनुपर्नाको कारण सोध्दा बाध्यताले नभै घरमा एक्लै बसिरहन दिक्क लागेर शरिरलाइ फुर्तिलो बनाउन आफु काममा आएको समेत आफुसङ्ग बताएको स्वास्थ्यकर्मि मधुकृष्ण पोख्रेलले जानकारी दिए ।

SHARE