प्रदेश ५ का १० जिल्लाका एकहजार बढी उद्यमीलाई अनुदान

0
481

दिवाकर पोख्रेल
असोज ११,२०७७ देउखुरी : विभिन्न उद्यममा संलग्न उद्यमीले ब्यवसायीक प्रर्वद्र्धनको लागि अनुदान पाएका छन् ।
महिला उद्यममा सहयोग पु¥याउँदै आएको महिला सामुदायिक लघुबित्त बित्तिय संस्थाले संस्थाका सदस्यलाई ग्राहक संरक्षण कोषबाट अनुदान उपलव्ध गराएको हो । महिला सामुदायिक लघुबित्त बित्तिय संस्थाकी प्रमुख कार्यकारी निर्देशक विमला योगीले यसरी अनुदान पाउनेमा प्रदेश ५ का १० जिल्लाका एकहजार बढी उद्यमी रहेको जानकारी दिइन् ।
एकहजार भन्दा बढी उद्यमीलाई जम्मा दुइ करोड रुपियाँ व्यवसायको प्रकृति र आवश्यकता अनु्सार वितरण गरिएको छ ।दाङ,सल्यान,प्युठान,रोल्पा,बाँके,बर्दिया,रुकुम,कैलाली,रुपन्देही र कपिलवस्तुका उद्यमीलाई सदस्यहरुले तिरको ब्याजको रकम सदस्यलाई फिर्ता दिने अभियान अन्तरगर्त ग्राहक संरक्षण कोष मार्फत अनुदान वितरण गरिएको हो ।

यसरी अनुदानमा बोयर जातको बोका, तरकारी बेच्नलाई साइकल, सिचाईको लागि टयाङकी,ठेला गाढा,दुध बोक्ने क्यान कृषि मिल स्थापना लगायतका रहेका छन । उद्यमी महिलाहरु अनुदान पाएप्छि खुसी भएका छन् । महिला सामुदायिक लघुबित्त बित्तिय संस्थाका बरिष्ठ अधिकृत रमेश अधिकारीले दाङको देउखुरीका चारवटा गाउँपालिकाका मात्रै ३५ वटा उद्यमीहरुलाई व्यवसायमा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको जानकारी दिए ।

५० हजार सदस्य रहेको उक्त संस्थामा ३५ हजार उद्यमी रहेका छन । दुई अरब लगानी रहेको उक्त संस्था प्रदेश ४ को जाल्पा बित्तिय संस्थासंग मर्जको तयारीमा रहेको छ ।

SHARE